बुटवल ,नेपाल अर्बुद रोग निवारण संस्था रुपन्देहीले विश्व क्यान्सर दिवसमा जनचेतनामुलक सचेतना कार्यक्रम गर्ने भएको छ । नेपाल अर्बुद रोग निवारण संस्था रुपन्देहीको बुटवलमा बसेको कार्यसमिति बैठकले माघ २१ गते फेब्रुअरी ४ मा तिलोत्तमा नगरपालिकासंगको सहकार्यमा क्यान्सर सचेतना कार्यक्रम गर्ने निर्णय गरिएको संस्थाका अध्यक्ष खिमबहादुर हमालले जानकारी दिए ।
बैठकमा यस अगाडि संस्थामा मनोनित गरिएका सल्लाहकारहरुलाई सम्मान सहित स्वागत गरिएको थियो । संस्थाले यस अगाडि बसेको बैठकले संस्थाका आजिवन सदस्यहरु समाजसेवी निर्मलप्रसाद लाकौल, सुरेन्द्रप्रसाद श्रेष्ठ, हरिप्रसाद अर्याल, डा। रोहितराज क्षेत्री, केन्द्रीय सदस्य मधुसुदन गैरे, भिम तुलाचन, चिरञ्जिवी जोशी र पुरुषोत्तमभक्त प्रधानाङ्गलाई सल्लाहकारमा मनोनित गरेको थियो ।
बैठकमा नेपाल अर्बुद रोग निवारण संस्थाको गत पुस २५ गते काठमाण्डौंमा सम्पन्न ३५ औं साधारण सभा तथा अधिवेशनमा जिल्लाबाट भएको प्रतिनीधित्व र त्यहा भएका गतिविधिका बारेमा अध्यक्ष हमालले जानकारी गराएका थिए । त्यस्तैगरी उनले काठमाडौंको बालकुमारीमा संस्थाको भवन निर्माणका लागि रुपन्देही शाखाबाट १ लाख १ हजार रुपैंया आर्थिक सहयोग प्रदान गरिएको पनि जानकारी गराए ।
प्रकाशित मिति : सोमबार, माघ १२ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्