काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गर्ने उम्मेदवार, व्यक्ति, संस्था, निकाय र पदाधिकारी गरी २१ वटा स्पष्टीकरण सोधेको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै अहिलेसम्म ५ वटाको जवाफ आएको बताए।
विज्ञप्तिमा भनिएको छ, ‘आचारसंहिता अनुगमन समितिका प्राप्त उजुरी र जानकारीका आधारमा आचारसंहिता लागू भएदेखि राजनीतिक दल, उम्मेदवार र संस्थाहरूले गरी २१ वटा स्पष्टीकरण सोधिएकामा पाँच वटा जवाफ प्राप्त भएको र बाँकी जवाफको लागि ताकेका भइरहेको जानकारी गराइन्छ ।’
प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय रूपमा सम्पन्न गर्न आयोगबाट निर्वाचन आचारसंहिता, २०८२ स्वीकृत भई लागू भइसकेको उल्लेख छ।
प्रकाशित मिति : बिहिबार, माघ १५ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्