तिलोत्तमा, तिलोत्तमा नगरपालिका वडा नं तीनका वडाध्यक्ष कल्याण प्रसाद पौडेलले बालबालिकाको लागि नगरले गरेको लगानी सहि ठाउँमा उपयोग हुनुपर्ने बताउनुभएको छ । तिलोत्तमा नगरपालिका वडा नं तीनमा बालबालिकाका लागि करियर गाइडेन्स तालिममा उहाँले सो कुरा बताउनुभएको हो।
तिलोत्तमा नगरपालिका वडा बालमैत्री समिति तथा वडा बाल संजालको आयोजना तथा वडा नं तीन को समन्वयमा कार्यक्रम सम्पन्न भएको हो। सो अवसरमा कार्यपालिका सदस्य लक्ष्मी घिलेले बालबालिका देशका भबिष्य भएकोले उनिहरुको उचित संरक्षण र लगानी आवश्यक रहेको बताउनुभयो। वडा बालमैत्री सहजकर्ता तथा वडा सदस्य चुडाकुमारी बिष्टले वडामा बालबालिकाको लागि समय समयमा उनिहरुको बौद्धिक बिकास, सामाजिक बिकास तथा करियर बिकास गर्ने खालको कार्यक्रम सञ्चालन भैरहेको र यसबाट बालबालिकामा सकारात्मक प्रभाव परेको आफुले पाएको बताउनुभयो।
कार्यक्रममा सहजीकरण गर्दै प्रशिक्षक निकेश खरेलले बालबालिका समाजका हरेक क्षेत्रमा अब्बल हुनु आबश्यक रहेको भन्दै आफ्नो करियर डेभलप गर्न आफै सक्रिय हुनुपर्ने बताउनुभएको थियो। उहाँले मनै देखि केही सिक्छु भन्ने भावना जागृत हुन आबश्यक रहेको पनि उल्लेख गर्नुभयो।
सो अवसरमा बालसंजाल सहजकर्ता लक्ष्मी ज्ञवाली , वडा सदस्य नारायण बहादुर क्षेत्री , वडा सचिव गोकुल गिरी लगायतले बोल्नुभएको थियो। बाल संजालका अध्यक्ष रेखा पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन दिप्सन रामजालीले गर्नु भएको थियो। 

प्रकाशित मिति : शनिबार, माघ १७ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्