बुटवल, बुटवल १३ बेलबासमा रहेको शिवालय मन्दिरको जिर्णोद्वार गरि देवमूर्ति प्राणप्रतिष्ठा पूजन तथा आयब्यय बिबरण सार्वजनिक गरिएको छ ।
बिस २०१४ सालमा स्थापित सो मन्दिरको १ करोड २० लाख ५७ हजारको लागतमा जिर्णोद्वार गरिएको हो । मन्दिर ब्यवस्थापन तथा निर्माण उपभोक्ता समितिका अध्यक्ष पुरूषोत्तम बस्यालले बुटवल उपमहानगरपालिकाबाट ४० लाख र बांकी स्थानीय चन्दादाताको सहयोगमा मन्दिरलाइ नया स्वरूपमा निर्माण गरिएको बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि बुटवल नगर प्रमुख खेलराज पाण्डेयले धर्म संस्कृतिको संरक्षण र सम्बर्धनका लागि उपमहानगरले बजेट बिनियोजन गरेको बताउनुभयो । उहाले सबै धर्मलाइ समान दृष्टि राखेर सहकार्य गरिएको बताउनुभयो
सो अवसरमा ,बुटवल उपमहानगरपालिकाका उपप्रमुख साबित्रादेवी अर्यालले नगरले सबै वडामा योजना निर्माण र विकासमा कसैलाइ काखा पाखा नगर्ने बताउनुभयो अवसरमा बुटवल १३ का वडाध्यक्ष नारायण पुन,मन्दिरका बरिष्ट उपाध्यक्ष पूर्णबहादुर कार्की ,सचिव नारायण खनाल ,सदस्य सचिव खिमानन्द पौडेल लगायतले बोल्दै नया स्वरूपमा बनेको शिवालय मन्दिर धार्मिक पर्यटकीय केन्द्र बन्ने बताउनुभयो । कार्यक्रममा चन्दादाताहरूलाइ सम्मान गरिएको छ भने दिनभर भजनकृतन र पुजाआजा गरिएको थियो ।
प्रकाशित मिति : शनिबार, माघ २४ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्