रुपन्देही
वि.सं. २०७९ मा रुपन्देही जिल्लामा संचालित लुम्बिनी वल्र्ड स्कुलको तेस्रो साधारण सभावाट सर्वसम्मत रूपमा गोपाल टण्डनको अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन चयन भएको छ । नवनिर्वाचित सञ्चालक समिति सदस्यमा फूलसिंह क्षेत्री, गोकर्ण पाण्डे, प्रेमनारायण बेल्बासे, श्रीमती सुम्निमा शर्मा पाठक र जनीजनारायण श्रेष्ठ रहनु भएको छ ।
विद्यालयका प्राचार्य श्री विष्णु प्रसाद ढकाल सदस्य–सचिव रहनु हुने गरी सात सदस्यीय नयाँ सञ्चालक समिति गठन भएको छ।
नवगठित सञ्चालक समितिको पहिलो बैठकले महेन्द्र नारायण श्रेष्ठलाई यस विद्यालयको प्रमुख सल्लाहकारमा नियुक्त गरेको छ।
नवनिर्वाचित अध्यक्ष टण्डनले लुम्बिनी वल्र्ड स्कुललाई यस प्रदेशकै गौरवको शैक्षिक संस्थाका रूपमा अघि बढाउने दृढ प्रतिबद्धतासहित भावी योजनावारे जानकारी गराउनु भएको थियो । उहाँले सम्पूर्ण अभिभावक, शुभचिन्तक तथा सरोकारवालाहरूलाई अनागामी दिनमा अझै साथ र समर्थन प्रदान गर्न आग्रह गर्नुभयो। गुणस्तरिय तथा आधुनिक शिक्षा प्रदान गर्ने लक्ष्य सहित रुपन्देहीका प्रतिष्ठित उद्योगी–व्यवसायीहरू, ख्यातिप्राप्त चिकित्सक तथा इन्जिनियरहरू, साथै देश–विदेशमा अध्ययन तथा अध्यापन गरेका व्यक्तित्वहरूको संयुक्त पहलमा स्थापना गरिएको लुम्बिनी वल्र्ड स्कुलको तेस्रो साधारण सभा अध्यक्ष योगेश घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो।
प्रकाशित मिति : बिहिबार, माघ २९ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्