बुटवल , बुटवल पाल्पा सडक खण्ड अन्तरगत पाल्पाको तिनाउमा शनिबार दिउँसो टिप्परको ठक्करबाट दुई जनाले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृत्यु हुनेमा गुल्मी जिल्ला पुर्तिघाट ४ बस्ने ३१ वर्षीय मिलन सार्की र हालसम्म पहिचान नखुलेको अन्दाजी ३० वर्षीया महिला रहेका छन् ।
पाल्पादेखि बुटवलतर्फ आउँदै गरेको लु २ ख १८८३ नम्बरको टिप्परले उनीहरु सवार लु ४९ प ७७९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । पाल्पाको तिनाउ–३ सिद्धार्थ राजमार्गमा दिउँसो करिब साढे २ बजे टिप्परले मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करपछि घाइते भएका दुई जनलाई थप उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । टिप्पर र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : शनिबार, फाल्गुन २ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्