अनुशासन उल्लङ्घन गर्ने सांसदलाई फिर्ता बोलाउने रास्वपा सभापति लामिछानेको चेतावनी

अनुशासन उल्लङ्घन गर्ने सांसदलाई फिर्ता बोलाउने रास्वपा सभापति लामिछानेको चेतावनी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित सांसदहरुका लागि ललितपुरमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई बुधबार सम्बोधन गर्नुहुँदै रास्वपाका सभापति रवि लामिछाने । तस्बिरः गोपाल

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सांसदहरूलाई अनुशासन उल्लङ्घन गरेमा फिर्ता बोलाउने चेतावनी दिनुभएको छ ।

पार्टीका सांसदहरूका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रमको समापनमा सम्बोधन गर्दै लामिछानेले सांसदहरूले अनुशासन उल्लङ्घन गरेमा पदबाट फिर्ता बोलाउने बताउनुभएको हो । पार्टी ठूलो बनेको र सरकार सञ्चालन गर्ने जिम्मेवारीमा रहेको बताउँदै उहाँले हरेक सांसद अनुशासनमा बस्नुपर्ने उल्लेख गर्नुभयाे ।

रास्वपा विधानमा जनप्रतिनिधिलाई फिर्ता बोलाउने अधिकारको व्यवस्था रहेको छ । सांसदहरूको स्वतन्त्रता हुने तर अनुशासन कायम राख्नुपर्ने सभापति लामिछानेको भनाइ छ ।

जथाभाबी अभिव्यक्ति दिने र हल्का मनोरञ्जन गर्ने छुट कसैलाई नभएको उहाँले बताउनुभयो । शक्ति प्राप्त भएपछि आँखामा आउने पट्टी हटाउनुपर्ने उहाँकाे भनाइ छ ।

अहिले नागरिकमा अब्बल चेतना बढेको र आफूहरूले गलत कदम उठाए नागरिकले केही महिना पनि नकुर्ने भन्दै सभापति लामिछानेले आफूहरूको पूरा ध्यान नागरिकको आवश्यकता परिपूर्तिमा लाग्नुपर्ने बताउनुभयो । सरकार बनेको बेलुकादेखि नै सरकार ढाल्न एउटा समूह लाग्ने गरेको बताउँदै उहाँले आफूहरूभित्र फाटो ल्याउन खोज्नेहरूको बिगबिगी भएको उल्लेख गर्नुभयाे ।

आफूहरू मिल्न नसकेमा र स्वार्थको बन्दी बनेमा मात्रै समस्या हुने भन्दै सभापति लामिछानेले यसबारेमा आफूहरू संवेदनशील रहेको बताउनुभयो । यस्तै अहिलेसम्म मन्त्रिमण्डलमा को को हुने भन्ने टुङ्गो नलागेको भन्दै उहाँले नेताकोमा वा सञ्चारमाध्यममा गएर मन्त्री पद चाहिन्छ नभन्न सचेत गराउनुभयो ।

प्रकाशित मिति : बुधबार, चैत्र ४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij