तिनाउ नदीमा डुबेर बेपत्ता दुई किशोरको शव भेटियो

तिनाउ नदीमा डुबेर बेपत्ता दुई किशोरको शव भेटियो

बुटवल – पाल्पाको तिनाउ नदीमा डुबेर बेपत्ता भएका दुई किशोर आज (सोमबार) दिउँसो मृत अवस्थामा फेला परेका छन् । घुम्नका लागि भारतदेखि आएका ति किशोरहरु पौडी खेल्ने क्रममा आइतबार दिउँसो तिनाउ नदीमा वेपत्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार भारतको उत्तर प्रदेश सन्तकबिर नगर, मेधावल ठाकुरद्वार नगर पञ्चायत वडा नं. १८ बस्ने १७ वर्षीय अमान अन्सारी र फहरान अन्सारी आइतबार दिउँसोदेखि तिनाउमा डुबेर बेपत्ता भएका थिए। अन्य पाँचजना सँगै नेपाल घुम्न आएका उनीहरु पौडी खेल्ने भन्दै तिनाउ गाउँपालिका वडा नं.३ स्थित जलविद्युत ड्याम क्षेत्रमा पुगेका थिए।

उनीहरु बेपत्ता भएको थाहा पाएलगत्तै प्रहरीले खोजी सुरु गरेको थियो। आइतबार साँझसम्म कुनै पत्ता नलागेपछि प्रहरीले सोमबार बिहानैदेखि खोजी थालेको थियो। सोही क्रममा अमानको शव सोमबार बिहान सवा १० बजेतिर घटनास्थलबाट करिब १ सय मिटर तल फेला परेको थियो भने फहरानको शव दिउँसो करिब ४ बजे घटनास्थलभन्दा करिब १५० मिटर तल फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होम प्रकाश चौधरीलेका अनुसार घटना बारे थप अनुसन्धान जारी रहेको छ ।

उनीहरुसँग घुम्न आएका अन्य पाँचजना भने सकुशल रहेका छन्। ड्यामसाइडमा पौडी खेल्ने क्रममा हरेक वर्ष कैयौं व्यक्तिको डुबेर मृत्यु हुने गरेको छ। ड्यामसाइड र भुतखोलामा डुबेर मृत्यु हुने क्रम नरोकिएपछि सूचना टाँस गरेर पौडी खेल्न नजान आग्रह गर्दै आएको छ।

प्रकाशित मिति : सोमबार, चैत्र ९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij