काठमाण्डौ – आज सुनचाँदीको भाउ बढेको छ । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाउ तोलामा ५ हजार रुपैयाँले बढेको हो ।
अस्ति शुक्रबार सुनको भाउ तोलामा ५ हजार ६०० रुपैयाँले घटेर तोलाको २ लाख ८१ हजार रुपैयाँमा कारोबार भएको थियो । आज भाउ बढेर तोलाको २ लाख ८६ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ तोलामा ५० रुपैयाँले बढेर ४ हजार ७२० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको भाउ तोलाको ४ हजार ६७० रुपैयाँ थियो ।
प्रकाशित मिति : आइतबार, चैत्र १५ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्