सहकारी दिवसमा महिला सहकारीको उत्साह: खेलकुदमार्फत एकता र सशक्तीकरण

सहकारी दिवसमा महिला सहकारीको उत्साह: खेलकुदमार्फत एकता र सशक्तीकरण

बुटवल- सम्पूर्ण महिला कृषि सहकारी संस्था लिमिटेडले एक दिने खेलकुद कार्यक्रम उत्साहपूर्वक सम्पन्न गरेको छ। ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा बुटवल उपमहानगरपालिका वडा नं। १८ को हाटबजार क्षेत्रमा कार्यक्रम आयोजना गरिएको हो।

संस्थाका अध्यक्ष माया भण्डारीको अध्यक्षता तथा वडा नम्बर १८ का अध्यक्ष गुरुप्रसाद पंगेनीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि पंगेनीले सहकारीले गरेको कामको प्रशंसा गर्दै बुटवल उपमहानगरपालिकाले संस्थालाई निरन्तर सहयोग गर्दै आएको जानकारी दिनुभयो। उहाँका अनुसार आर्थिक वर्ष २०८०र८१ मा ५ लाख रुपैयाँ बजेट उपलब्ध गराइएको थियो, जसबाट कम्प्युटर, प्रिन्टर र आवश्यक सफ्टवेयर जडान गरी संस्थालाई प्रविधिमैत्री बनाइएको छ। त्यस्तै, चालु आर्थिक वर्ष २०८१र८२ मा ३ लाख रुपैयाँ जुत्ता बनाउने तालिमका लागि विनियोजन गरिएको पनि उहाँले बताउनुभयो।

विशिष्ट अतिथि चन्द्रसिंह थापाले संस्थाले गरेको काम सराहनीय रहेको बताउँदै आगामी दिनमा अझ सशक्त रूपमा अघि बढ्न शुभकामना व्यक्त गर्नुभयो। वडा नं। १७ का अध्यक्ष ज्ञानबहादुर रेश्मीले खेलकुदले स्वास्थ्यसँगै सामाजिक एकता मजबुत बनाउने उल्लेख गर्दै यस्तो कार्यक्रमको प्रशंसा गर्नुभयो।

नयाँ जीवनका लागि हातेमालो संस्थाकी कार्यालय प्रमुख मनकुमारी पाण्डेले सहकारीहरूले विशेषगरी महिलाको आर्थिक आत्मनिर्भरता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा अध्यक्ष माया भण्डारीले संस्थाको सुरुवाती संघर्ष स्मरण गर्दै हालको उपलब्धि सदस्यहरूको मेहनत, एकता र प्रतिबद्धताको परिणाम भएको बताउनुभयो। २०७२ सालमा २५ सदस्यबाट मासिक १० रुपैयाँ बचतबाट सुरु भएको संस्थामा हाल ४५० सदस्य पुगेका छन् भने २ करोड ८६ लाख ९४ हजार ३४४ रुपैयाँभन्दा बढी पूँजी संकलन भएको जानकारी दिनुभयो।

कार्यक्रममा रूपन्देही जिल्ला सहकारी संघका महासचिव दामोदर पंगेनी, स्वास्थ्य केन्द्र प्रमुख सिद्धार्थ आचार्यलगायत विभिन्न अतिथि, संस्थाका पदाधिकारी तथा सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रम अन्तर्गत तातो आलु, चम्चा दौड, बेलुन फुटाउने लगायतका खेलहरू सञ्चालन गरिएको थियो। स्वागत मन्तव्य सचिव चन्द्रकुमारी थापाले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन उपाध्यक्ष राजकुमारी मल्लले गर्नुभएको थियो।
सहकारी दिवसको अवसरमा संस्थाले आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्दै समुदायको आर्थिक विकासमा थप योगदान पुर्‍याउने प्रतिबद्धता जनाएको छ।

 

प्रकाशित मिति : बिहिबार, चैत्र १९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij