प्रतिनिधिसभाकाे पहिलाे बैठक शुरू

प्रतिनिधिसभाकाे पहिलाे बैठक शुरू

काठमाण्डाै – गएकाे फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावपछिको पहिलो अधिवेशन प्रारम्भ भएको छ । सिंहदरबारमा रहेकाे निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा प्रतिनिधिसभा बैठक शुरू भएको हो ।

बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह, मन्त्रिपरिषद्का सदस्य, पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई, नेपाली कांग्रेस तथा नेकपा एमालेका शीर्ष नेतालगायत नवनिर्वाचित सांसद सहभागी हुनुहुन्छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही चैत १६ गते नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिशमा आजका लागि सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको थियो । २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाका १८२, कांग्रेसका ३८, एमालेका २५, नेकपाका १७, श्रम संस्कृति पार्टीका ७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ५ र १ स्वतन्त्र सांसद हुनुहुन्छ ।

प्रकाशित मिति : बिहिबार, चैत्र १९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij