काठमाण्डौ – सरकारले खाडी क्षेत्रमा रहेका नेपालीहरूको उद्धारका लागि विशेष उडान गर्ने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार नेपाल एयरलाईन्समार्फत आजदेखि तीन दिनसम्म चार वटा उडान हुनेछ ।
आज बेलुकी काठमाण्डौबाट नेपाल वायु सेवाको जहाज दुबई जाने भएको छ । त्यो जहाजमा आउन पहिले नै टिकट बुक गराएका नेपाली नागरिकसहित आउन चाहनेले समयमै सम्पर्क गर्न भनिएको छ ।
भोलि दुबईबाट जहाज काठमाण्डौ आउने कार्यतालिका रहेको छ । पर्सि २२ गते काठमाण्डौबाट अर्को जहाज साउदी अरेबियाको दमाम गएर त्यही दिन काठमाण्डौ फर्कनेछ । मध्यपूर्वका विभिन्न देशबाट कति नेपाली फर्कन चाहेका छन् र अबको तीन दिनमा कसरी फर्काउन सकिन्छ भन्नेबारे गृहकार्य भइरहेको सम्बन्धित देशमा रहेका नेपाली दूतावासले जनाएका छन् ।
मध्यपूर्वमा भइरहेको युद्धका कारण यी क्षेत्रहरूमा नियमित उडान नहुँदा स्वदेश फर्कन चाहने नेपालीहरु अलपत्र परेका छन् ।
प्रकाशित मिति : शुक्रबार, चैत्र २० २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्