मन्त्रिपरिषद् बैठक : सरकारी कार्यालय र शैक्षिक संस्थामा हप्ताको दुई दिन बिदा

मन्त्रिपरिषद् बैठक : सरकारी कार्यालय र शैक्षिक संस्थामा हप्ताको दुई दिन बिदा

काठमाण्डाै – सरकारले सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा हप्तामा दुई दिन बिदा दिने भएको छ । आज बसेकाे मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थकाे आपूर्तिमा उत्पन्न असहजताका कारण भाेलिदेखि लागू हुने गरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आइतवार बिदा दिने निर्णय गरेको हो ।

बैठकले कार्यालय समय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म कायम गरेको सरकारका प्रवक्ता एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयाे ।

प्रवक्ता पाेखरेलकाअनुसार सरकारले डिजिटल नेपाल ट्रान्सफर्मेशन प्रोजेक्टका लागि एशियाली विकास बैंकबाट ४० मिलियन र विश्व बैंकबाट ५० मिलियन गरी ९० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेकाे छ ।

सरकारले विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण दिगो र समावेशी वित्त परियोजनाका लागि स्वीकार गर्ने निर्णय गरेको छ ।

बैठकले नेपाल सरकारका सबै मन्त्रालय, सचिवालय, आयोग र अन्तर्गतका निकायहरूको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने निर्णय गरेकाे प्रवक्ता पाेखरेलले बताउनुभयो ।

सरकारले डिजेल तथा पेट्रोलबाट चल्ने गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्नका लागि आवश्यक कानूनी व्यवस्था मिलाउने निर्णय गरेको छ ।

यस्तै आउँदाे शैक्षिक सत्र वैशाख १५ गतेदेखि शुरू गर्ने शिक्षा मन्त्रालयको प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।

प्रकाशित मिति : आइतबार, चैत्र २२ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij