अपरेसन साइलेन्ट स्ट्रिट’ अभियानमा बुटवलको बदेलपोखरीबाट ११ मोटरसाइकल नियन्त्रणमा

अपरेसन साइलेन्ट स्ट्रिट’ अभियानमा बुटवलको बदेलपोखरीबाट ११ मोटरसाइकल नियन्त्रणमा

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियानअन्तर्गत सोमबार ११ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ । बुटवल-१३ स्थित बदेलपोखरी क्षेत्रलाई केन्द्रित गरी गरिएको कारबाहीमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार विशेषगरी अत्यधिक आवाज निकाल्ने, सवारी साधनको बनावट परिवर्तन गर्ने सवारीहरूलाई लक्षित गर्दै अभियान सञ्चालन गरिएको हो

प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले बढ्दो ध्वनि प्रदूषण र लापरवाहीपूर्ण सवारी सञ्चालनका कारण बजार क्षेत्रको जनजीवन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढेको बताए । उनले नियन्त्रणमा लिइएका सवारी साधनका धनी तथा चालकलाई प्रचलित कानुनअनुसार कडा कारबाही गरिने स्पष्ट पारे

प्रहरीले यसअघि पनि बुटवलका विभिन्न क्षेत्रमा यस्ता सवारीमाथि निगरानी र कारबाही गर्दै आएको थियो ।

प्रकाशित मिति : मंगलबार, चैत्र २४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij