बुटवल , बुटवलमा गयराति सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका ४३ वर्षीय डण्डपाणि भुर्तेल रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी निशान्त श्रीवास्तवले बताए ।
गयराति साढे १२ बजे बुटवल उपमहानगरपालिका वडा नं ११ देविनगर मुस्कानपथ स्थित भित्री सडकखण्डमा पार्किङ गरी राखेको लु १ क ४८९३ नम्बरको टिप्परमा होराईजन चोक तर्फबाट देबसिद्ब चोक तर्फ जांदै गरेको लु १८ प ११२३ नम्बरको मोटरसाइकल टिप्परको पछाडि ठोकिँदा सो दुर्घटना भएको थियो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका भुत्तेलको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो । टिप्पर चालक पाल्पाको तिनाउ गाउँपालिका ३ झुम्सा घर भई हाल जिल्ला रुपन्देही बुटवल उपमहानगरपालिका ११ लालिगुँरासपथ बस्ने ३२ वर्षीय दिनेश गुरूङ र टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति : मंगलबार, चैत्र २४ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्