पक्राउ परेको १३ दिनमा ओलीलाई पत्नीको जिम्मा लगाइयो

पक्राउ परेको १३ दिनमा ओलीलाई पत्नीको जिम्मा लगाइयो

काठमाडौँ – पक्राउ गरेको १३ औँ दिनमा प्रहरीले केपी शर्मा ओलीलाई जिम्मा जमानीमा छाडेको छ । त्रिवि शिक्षण अस्पतालमा उपचाररत पूर्व प्रधानमन्त्री ओलीलाई उनकी धर्मपत्नी राधिका शाक्यको जिम्मा लगाइएको छ ।

अनुसन्धानको क्रममा खोजेको बखत हाजिर हुने गरी ओलीलाई धर्मपत्नी राधिका शाक्यको जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । भदौ २३ र २४ को घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेपछि उनलाई प्रहरीले चैत १४ मा पक्राउ गरेको थियो ।

ओलीलाई प्रहरीले हिरासत मुक्त गरे पनि उनी अस्पतालबाट डिस्चार्ज हुनेबारे चिकित्सकहरूले निर्णय गर्नेछन् ।

प्रकाशित मिति : बिहिबार, चैत्र २६ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij