काठमाण्डौ , आज विश्व सम्पदा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था युनेस्को अन्तर्गत रहेका विश्व सम्पदा क्षेत्रको संरक्षण गर्ने उद्देश्यले सन् १९८३ देखि हरेक वर्ष अप्रिल १८ तारिखका दिन यो दिवस मनाउन थालिएको हो ।
विश्व सम्पदा क्षेत्रमा नेपालका काठमाण्डौ वसन्तपुर, पाटन र भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण, पशुपतिनाथ, बौद्ध, स्वयम्भू, लुम्बिनी तथा चितवन र सगरमाथा राष्ट्रिय निकुञ्ज सूचीकृत रहेका छन् ।
दिवसको अवसरमा काठमाण्डौमा सम्पदा पदयात्रा हुँदैछ । त्यस्तै हाँडीगाउँ क्षेत्रको सांस्कृतिक महत्त्वका बारेमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।
प्रकाशित मिति : शनिबार, बैशाख ५ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्