काठमाण्डौ , एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट घर फर्कनु भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाण्डौमा उपचार गराइरहनुभएका उहाँ हिजो बेलुका डिस्चार्ज हुनुभएको हो ।
ओली उपचारपछि घर फर्केको अस्पतालका प्रवक्ता डा, गोपाल सेढाईंले जानकारी दिनुभयो । पित्त थैलीको शल्यक्रियापछि अध्यक्ष ओली डाक्टरको निगरानीमा रहनुभएको थियो ।
नवयुवा आन्दोलनमा भएको घटना सम्बन्धमा छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनका आधारमा अनुसन्धानका लागि प्रहरीले गएको चैत १४ गते बिहान अध्यक्ष ओलीलाई उहाँको निवास भक्तपुरको गुन्डुबाट पक्राउ गरेको थियो ।
पक्राउ परेलगत्तै ओली स्वास्थ्य जाँचका लागि अस्पताल भर्ना हुनुभएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई भर्ना गरिएको थियो ।
प्रकाशित मिति : आइतबार, बैशाख ६ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्