बुटवल-नेपाल–अंग्रेजसँगको युद्धमा जित हासिल गरेको जितगढी किल्ला बुटवलमा विजय उत्सव मनाइएको छ। त्यही खुशीयालीको अवसरमा बुटवल उपमहानगरपालिकाले हरेक वर्ष जितगढी विजय उत्सव मनाउँदै आएको छ । बुटवल उपमहानगरपालिका परिसरबाट बाजागाजासहित निस्किएको झाँकी ¥याली पुल्चोक गणेशमन्दिर हुँदै जितगढी किल्लामा पुगेको थियो। गणेश मन्दिर परिसरमा गोरखाबाट पैदल यात्रा गरी आएको नेपाली सेनाको टोलीलाई स्वागत गरिएको थियो ।कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले ऐतिहासिक जीतगढी किल्ला लाई राष्ट्रिय सम्पदाको सूचीमा सूचिकृत गर्न संघीय सरकारसँग पहल गरिररहेको बताउनुभयो ।मुख्यमन्त्री आचार्यले किल्लालाई राष्ट्रिय महत्वको धरोहरका रूपमा अघि बढाउन र यसलाई राष्ट्रिय सम्पदामा सूचिकृत गर्न निरन्तर पहल भइरहेको बताउनुभएको हो ।उहाँले जीतगढी किल्लाको महत्व एउटा पालिकामा सीमित नराखी राष्ट्रिय स्तरमा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । रुपन्देही जिल्लालाई आर्थिक केन्द्रका रूपमा विकास गर्न सबै स्थानीय तहको समान भूमिका आवश्यक रहेको उल्लेख गर्दै प्रदेश सरकारले विकास, उन्नति र समृद्धिका लागि आधार तयार गर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख खेलराज पाण्डेयले बुटवलको जितगढी किल्लालाई महत्वपूर्ण सम्पदाका रुपमा प्रवर्द्धन गरिरहेको बताउँदै किल्लाको संरक्षणका साथसाथै पर्यटकीय स्थलका रुपमा स्थापित गर्न नगरले भरपूर प्रयास गरिरहेको बताउनुभयो ।
कार्यक्रममा इतिहासविद् देवेन्द्रराज शाक्य ले जीतगढी किल्लाको ऐतिहासिक पृष्ठभूमिबारे जानकारी गराउनुभएको थियो । कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलको सम्पत्तिका रुपमा रहेको जितगढी किल्लाको संरक्षण र प्रवर्द्धनमा सबैको साथ जरुरी रहेको बताइन्।
कार्यक्रममा रुपन्देहीका प्रमुख जील्ला अधिकारी माधव पोखरेल ,सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारी,बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, पत्रकार महासंघ रुपन्देही अध्यक्ष दिनेश पाण्डे,लगायतले बोल्दै बुटवलमा रहेको जितगढीको प्रवर्द्धन र प्रचारप्रसारमा तीब्रता आएको र यसलाई निरन्तरता दिनुपर्ने बताए। विक्रम सम्बत् १८७१÷७२ मा विश्व विजयको अभियान लिएर हिँडेको आधुनिक हतियारसहितको अंग्रेज फौजलाई युद्द कला र कौशलसँगै परम्परागत हतियारमा रहेको नेपाली फौजले वि.सं. १८७२ वैशाख ७ गते पराजित गरेको थियो । सोही खुशीयालीमा बुटवल उपमहानगरपालिकाले हरेक वर्ष वैशाख ७ गते विजय उत्सव मनाउँदै आएको छ।
प्रकाशित मिति : सोमबार, बैशाख ७ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्