नेपाल र युएईबीचको दोस्रो टी–२० खेल आज :शृङ्खला बराबरी गर्न नेपाललाई जित्नैपर्ने दबाब

नेपाल र युएईबीचको दोस्रो टी–२० खेल आज :शृङ्खला बराबरी गर्न नेपाललाई जित्नैपर्ने दबाब

काठमाण्डौ , नेपाल र युएईबीचको टी–२० अन्तर्राष्ट्रिय श्रृंखलाअन्तर्गत आज दोस्रो खेल हुँदैछ । खेल कीर्तिपुरको टियु क्रिकेट रङ्गशालामा बेलुका ५ बजेदेखि शुरु हुनेछ ।

हिजो भएको पहिलो खेलमा युएई ६ विकेटले विजयी भयो । खेल वर्षाले प्रभावित भएको थियो । पहिलो खेल जीतेको युएईसँग शृङ्खला बराबरी गर्न नेपाललाई आज जित्नैपर्ने दबाब छ । टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपाल र युएईबीच अहिलेसम्म १२ खेल भएकोमा दुवैले समान ६र६ खेल जितेका छन् ।

नेपाल क्रिकेट सङ्घ ९क्यान० ले यसअघि टी–२० शृङ्खलाका लागि दीपेन्द्रसिंह ऐरी र लिग–टु शृङ्खलाका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको थियो । नेपाल, युएई र ओमान सम्मिलित लिग–टु वैशाख १२ देखि २२ गतेसम्म हुनेछ ।

प्रकाशित मिति : मंगलबार, बैशाख ८ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij