बुटवल । प्युठानको स्वर्गद्वारीतर्फ जाँदै गरेको भारतीय तीर्थयात्री सवार एउटा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । २० जना घाइते छन् ।
बिहीबार (वैशाख १०) दिउँसो प्युठान नगरपालिका–४, टाकुरा सडकखण्डमा लु१ज ३१७५ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं डीएसपी नरहरि अधिकारीले जानकारी दिए ।
उक्त जीप प्युठानको भिंग्रीबाट स्वर्गद्वारीतर्फ जाँदै थियो । दुर्घटनामा परेर एक बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, घाइते अधिकांशको अवस्था गम्भीर छ । घाइतेलाई उपचारका निम्ति बुटवल पठाइएको छ । जीपमा पाँच बालबालिकासहित सबै भारतीय तीर्थयात्री सवार थिए । जीपका चालक भने नेपाली नागरिक हुन् । उनी पनि घाइते छन् ।
प्रकाशित मिति : बिहिबार, बैशाख १० २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्