मध्य र पूर्वी क्षेत्रमा वर्षाले राहत, पश्चिम तराईमा पनि भोलिदेखि गर्मी कम हुने

मध्य र पूर्वी क्षेत्रमा वर्षाले राहत, पश्चिम तराईमा पनि भोलिदेखि गर्मी कम हुने

काठमाण्डौ — देशका मध्य र पूर्वी क्षेत्रका धेरै ठाउँमा हिजो दिउँसो र राति पानी परेको छ । वर्षाका कारण गर्मी केही कम भएको छ । प्रदूषण पनि घटेपछि केही राहत पुगेको छ । तर पश्चिमका धेरै ठाउँमा भने वर्षा नभएकाले चर्को गर्मी कायमै छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका ठाउँमा आज पनि तातो दिन हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भोलि भने देशका अरु ठाउँमा जस्तै पश्चिममा पनि पानी पर्ने सम्भावना छ । पानी परेपछि भोलि पश्चिम तराईमा पनि गर्मी कम हुने महाशाखाको पूर्वानुमान छ ।

आज कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै ठाउँहरुमा तथा लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभाग लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

भोलि सबै प्रदेशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । हिजो गण्डकी प्रदेशको केही ठाउँहरुमा, बागमती र लुम्बिनी प्रदेशको थोरै ठाउँहरुमा तथा कोशी र मधेश प्रदेशको एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपात भएको थियो । केही ठाउँमा हावाहुरीसमेत चलेको थियो ।

यो हप्ताभरी बदली र वर्षा हुने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

प्रकाशित मिति : सोमबार, बैशाख १४ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij