आजको मौसम : कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना

आजको मौसम : कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना

काठमाण्डौ – अहिले कास्की, लमजुङ, गोरखा, धादिङसहित देशका विभिन्न ठाउँमा वर्षा भइरहेको छ । पछिल्लो तीन घण्टामा लमजुङको भुजुङमा झण्डै ३२ मिलिमिटर वर्षा मापन भएको छ ।

आज दिउँसो गण्डकीसहित कोशी, बागमती प्रदेशको केही ठाउँ तथा मधेश प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भागका थोरै ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज र भोलि कोशी र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । महाशाखाका अनुसार तराई क्षेत्रमा लगातार बढ्दै गएको तापक्रम पनि आज केही घट्ने अनुमान छ ।

तराईका केही ठाउँमा आंशिकदेखि सामान्य बदली रहने र केही ठाउँमा हल्का वर्षाको समेत सम्भावना छ । पानी परेपछि पश्चिम तराईमा पनि गर्मी कम हुने अनुमान छ ।

वर्षासँगै चट्याङ्ग र उच्च हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

 

प्रकाशित मिति : मंगलबार, बैशाख १५ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij