पंचकन्या रूपन्देही सुपरलिगः लुम्बिनी खुकुरी ७ विकेटले विजयी

पंचकन्या रूपन्देही सुपरलिगः लुम्बिनी खुकुरी ७ विकेटले विजयी

भैरहवा,भैरहवामा जारी ‘पंचकन्या रुपन्देही सुपरलिग’ ‘ए’ डिभिजनको आइतबारको खेलमा लुम्बिनी खुकुरी क्लबले सानदार जित निकालेको छ । मौसमका कारण २० ओभरमा छोट्याइएको खेलमा खुकुरीले तिरुपति क्रिकेट क्लबलाई ७ विकेटले हराउँदै जित हात पारेको हो ।

जितका लागि पाएको ८० रनको झिनो लक्ष्य लुम्बिनी खुकुरीले १० ओभर ५ बलमा ३ विकेटको नोक्सानीमा पूरा गर्यो । उसको जितमा निश्चल चौधरीले अविजित २६, सन्दीप रजालीले नटआउट २०, शंकर रानाले १५ र समीर अली मुसलमानले १० रन जोडे । तिरुपतिका तुलबहादुर थापा २ र अपराजित पौडेलले १ विकेट लिए ।

यसअघि भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको तिरुपतिले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर जम्मा ७९ रन बनायो । उसलाई सस्तैमा रोक्न खुकुरीका शाहव आलमले ३, बैतुल्लाह खान र अजयकुमार चौहानले २–२ तथा दुर्गेश गुप्ता र सेजाद आलम धोवीले १–१ विकेट लिए । तिरुपतिका आकाश त्रिपाठीले २७ र रौनक श्रीवास्तवले २४ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । खेलमा शाहब आलम प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट व्याटर, बेस्ट बलर र उदीयमान खेलाडीले जनही ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय रुपैयाँ प्राप्त गर्ने खेल संयोजक प्रथम पराजुलीले जनाए ।

प्रतियोगितामा माउण्ट एभरेष्ट कत्था मिलले विजेता र विके ज्वेलर्सले उपविजेता पुरस्कारको प्रायोजन गरेका छन् । यसैगरी सिद्धार्थ उद्योग बाणिज्य संघ, होटल स्टार होलिडे, स्थानीय खेलप्रेमी रविकुमार रौनियार, प्रतीक ट्रेड लिंक र स्थानीय व्यवसायी अमितकुमार गुप्ताले पनि प्रतियोगितालाई प्रायोजन गरेका छन् ।

प्रकाशित मिति : आइतबार, बैशाख २० २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij