निजी क्षेत्रले जनमतको सम्मान गरेर अगाडी बढोस् : अर्थमन्त्री डा. वाग्ले

निजी क्षेत्रले जनमतको सम्मान गरेर अगाडी बढोस् : अर्थमन्त्री डा. वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रले अहिलेको जनमतलाई सम्मान गरेर अगाडी जानुपर्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको बार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री डा. वाग्लेले निजी क्षेत्रले अहिलेको वास्तविकतालाई स्वीकार गरेर आफुलाई बदलेर अगाडी बढ्न आग्रह गरेका हुन् ।

अर्थमन्त्री वाग्लेले सरकार असल नियत बोकेर काम गरिरहेको भन्दै निजी क्षेत्रले पुराना कुराहरु छोडेर साथ दिनुपर्ने बताएका छन् । उनले सरकारले चुनावका समयमा सार्बजनिक गरेका बाचा पत्रमा उल्लेखित बुँदाहरु क्रमश कार्यान्वयन गर्दै जाने बताउदै सरकारले तिनै बाचाहरु लागु गर्ने स्पष्ट गरेका छन् ।

उनले कुनै किसिमको सरप्राइज नहुन आग्रह गर्दै हामीले गरेका बाचाहरुलाई पुरा गर्दै जाने बताए । उनले निजी क्षेत्रलाई आतंकित नहुन आग्रह गर्दै उद्योगी व्यवसायीको आवरणमा अपराधिक काम गर्नेहरुलाई भने सरकारले नछोड्ने स्पष्ट गरे ।

अर्थमन्त्री वाग्लेले सरकारले करिब ७ बर्षको समयमा सय बिलियन डलरको अर्थतन्त्र बनाउन गरि काम गरिरहेको बताए । उनले बजेट कस्तो आउछ भनेर गुप्तचरी गर्न नपर्ने भन्दै रास्वपाको बाचा पत्र अनुसारकै बजेट आउने स्पष्ट गरे ।

उनले हाइड्रो र पर्यटनको गीत गाएको धेरै बर्ष भएको भन्दै सबै नयाँ काम सुशासनको जगमा ल्याउने स्पष्ट गरे । उनले सहि नीति सहि नियतका साथ काम गर्ने भन्दै सरकार नडराएर काम गरिरहेको बताए ।

प्रकाशित मिति : सोमबार, बैशाख २१ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij