काठमाडौँ , सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संसदीय समितिका सभापतिहरूसँग छलफल गरेका छन्।
सोमवार संघीय संसद्अन्तर्गत राष्ट्रियसभा र प्रतिनिधिसभाका संसदीय समितिका नवनिर्वाचित सभापतिहरूसँग समितिको कार्यसम्पादनलाई प्रभावकारी बनाउने विषयमा छलफल गरेको संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले बताउनुभयो।
प्रवक्ता गिरीले समितिहरूको कार्यक्षमता अभिवृद्धि, देखिएका चुनौतीहरूको पहिचान तथा समाधानका उपायका लागि संयुक्त बैठक बसेको बताउनुभयो । उहाँका अनुसार बैठकमा समिति सभापतिहरूले उजुरी व्यवस्थापन प्रणालीको कमजोर अवस्था, पर्याप्त स्रोत–साधनको अभाव लगायतका समस्या सम्बोधन गर्न माग गरेका छन् ।
प्रवक्ता गिरीले भने, ‘नवनिर्वाचित सभापतिहरूसँग आज सभामुख र राष्ट्रियसभाका अध्यक्षको पहिलो बैठक थियो। संसदीय समितिलाई प्रभावकारी बनाउने विषयमा आज प्रारम्भिक छलफल भएको हो। समितिको कार्यसम्पादनका चुनौती र प्रभावकारी बनाउने लगायतका विषयमा छलफल भएको हो। समिति सभापतिहरूले उजुरी व्यवस्थापन तथा स्रोत र साधनको विषयमा रहेका समस्या राख्नुभयो।’
समिति सभापतिहरूलाई द्रुत गतिमा कानून निर्माणको काम अघि बढाउन सभामुख अर्यालसँगै अध्यक्ष दाहालले आग्रह गरेको उहांको कथन छ।
प्रकाशित मिति : सोमबार, बैशाख २१ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्