प्रधानमन्त्रीलाई घनश्याम भुसालको चेतावनी : ओलीको जस्तै नियति भोग्नु नपरोस्

प्रधानमन्त्रीलाई घनश्याम भुसालको चेतावनी : ओलीको जस्तै नियति भोग्नु नपरोस्

 

काठमाडौं । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले विगतका सरकारका असफलताबाट पाठ सिकेर अघि बढ्न प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन०लाई सुझाव दिएका छन् । बुधबार काठमाडौंको बबरमहलस्थित सडकमा पत्रकार सम्मेलन गर्दै उनले शाह शक्तिशाली प्रधानमन्त्री रहेको उल्लेख गर्दै गल्ती गर्ने छुट नभएको बताए ।

उनले आफूले केपी ओलीलाई पनि शक्तिमा भएको बेला गल्ती नगर्न सुझाए पनि त्यसलाई बेवास्ता गर्दा अहिलेको नियति भोग्नुपरेको उल्लेख गरे । प्रधानमन्त्री बालेनले पनि त्यसबाट पाठ सिकेर अघि नबढे सोही हालत व्यहोर्नुपर्ने अवस्था आउने चेतावनी दिए । भुसालले प्रधानमन्त्री शाहलाई इतिहासलाई गिज्याउने खालको काम नगर्न पनि सचेत गराए ।

तपाईं जति शक्तिशाली हुनुहुन्छ, यदि गल्ती गर्नुभयो भने धेरै चाँडो तपाईंमाथि संकटहरू आइपर्नेछ । म फेरि पनि दोहोर्‍याएर भन्छु– बालेन्द्र शाह नेतृत्वको सरकार यो असफल हुँदा यसको मूल्य प्रतिपक्षका हिसाबले कोही खुसी होलान् । तर, यसको मूल्य सबैले तिर्नुपर्छ । यो डर हामी सबै नागरिकलाई छ । यस्तो मूल्य फेरि तिर्न नपरोस्, उनले भने ।

भुसालले जतिसुकै शक्तिशाली शासकले विगतबाट पाठ सिकेर अघि नबढे नागरिकले ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आउने तथ्य पनि स्मरण गराए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति : बुधबार, बैशाख २३ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij