शेयर बजार ३८ अङ्कले बढ्याे, साढे ४ अर्ब रुपैयाँभन्दा धेरैकाे काराेबार

शेयर बजार ३८ अङ्कले बढ्याे, साढे ४ अर्ब रुपैयाँभन्दा धेरैकाे काराेबार

forex trading stock market background with chart diagram vector

 

काठमाण्डाै – हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३८ दशमलव १९ अङ्कले बढेर २ हजार ७८३ दशमलव ८५ विन्दुमा पुगेको छ ।

आज सबै समूहको सूचक बढेकोमा अन्य समूहको सूचक २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । यस्तै फाइनान्स, जलविद्युत्, माइक्रोफाइनान्स, निर्जीवन बीमा समूहको सूचक डेढ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज २४७ वटा कम्पनीको शेयर बढेकोमा १८ वटाको घटेको छ । यस्तै ४ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।

आज फर्स्ट माइक्रो फाइनान्स लघुवित्तको शेयर १४ दशमलव १९ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन त्रिशूली जलविद्युत् कम्पनीको शेयर सबैभन्दा धेरै २ दशमलव ८७ प्रतिशतले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । गएको बिहीवार ३ अर्ब २८ करोडको कारोबार भएकोमा आज ३३२ वटा कम्पनीका १ करोड ४ लाख कित्ता शेयर ४ अर्ब ६१ करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रकाशित मिति : सोमबार, बैशाख २८ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij