पंचकन्या रूपन्देही सुपरलिगः नेपथ्य तिलोत्तमा विजयी

पंचकन्या रूपन्देही सुपरलिगः नेपथ्य तिलोत्तमा विजयी

भैरहवा, नेपथ्य तिलोत्तमा क्रिकेट क्लबले रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी ‘पंचकन्या रुपन्देही सुपरलिग’ अन्तर्गत ‘ए’ डिभिजनको मंगलबारको खेलमा जित निकालेको छ । उसले जेआर क्रिकेट क्लबलाई ३० रनले हराउँदै जित हात पारेको हो छ ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको नेपथ्य तिलोत्तमाले निर्धारित ५० ओभरमा ४२ ओभर ३ बल खेल्दै सबै विकेट गुमाएर १ सय ६९ रन बनायो । उसका लागि कृष्ण भुसालले ३४, प्रतीक भट्टराईले २५, अमन बोहराले २१, रोशन घिमिरेले १४, मौसम ढकाल र विकल अधिकारीले समान १०–१० रन बनाए । बलिङमा जेआरका कृष्ण पन्थी, खडक बोहरा र विनय जिसीले समान २–२ तथा विशाल भुसालले १ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको जेआरले ४७ ओभरमा सबै विकेट गुमाएर १ सय ३९ रन मात्रै बनायो र हार व्यहोर्यो । उसका लागि राज खनालले ६०, विशाल भुसालले १५, रोजन कुमालले १४, गगन अधिकारीले १३ र अनमोल श्रीस थापाले ११ रन बनाए पनि जितका लागि पर्याप्त भएन । बलिङमा नेपथ्य तिलोत्तमाका मौसम ढकाल र कृष्ण भुसालले ३–३ तथा सन्दीप यादवले २ र आशुतोष पाण्डेले १ विकेट लिए । खेलमा कृष्ण भुसाल प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको विजेता टिमले १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट व्याटर, बेस्ट बलर र उदीयमान खेलाडीले जनही ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय रुपैयाँ प्राप्त गर्ने खेल संयोजक प्रथम पराजुलीले जानकारी दिए ।

प्रतियोगितामा माउण्ट एभरेष्ट कत्था मिलले विजेता र विके ज्वेलर्सले उपविजेता पुरस्कारको प्रायोजन गरेका छन् । यसैगरी सिद्धार्थ उद्योग बाणिज्य संघ, होटल स्टार होलिडे, स्थानीय खेलप्रेमी रविकुमार रौनियार, प्रतीक ट्रेड लिंक र स्थानीय व्यवसायी अमितकुमार गुप्ताले पनि प्रतियोगितालाई प्रायोजन गरेका छन् ।

प्रकाशित मिति : मंगलबार, बैशाख २९ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij