एसईई:एभरग्रीन स्कुलको खुसीयाली यात्रा, बुटवलका सडकमा बाजागाजासहित उत्सव

एसईई:एभरग्रीन स्कुलको खुसीयाली यात्रा, बुटवलका सडकमा बाजागाजासहित उत्सव

बुटवल-नेपाल एभरग्रीन पब्लिक इङ्लिस स्कुल ले यस वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै शैक्षिक क्षेत्रमा नयाँ सफलता थपेको छ। विद्यालयबाट २ जना विद्यार्थीले GPA ४.० ल्याउन सफल भएका छन् भने अन्य धेरै विद्यार्थीहरूले समेत उत्कृष्ट अंकसहित उत्तीर्ण भएर विद्यालयको गौरव बढाएका छन्।

एसईईको नतिजा सार्वजनिक भएपछि विद्यालय परिसर खुसीले भरिएको थियो। विद्यार्थी, शिक्षक, अभिभावक तथा पूर्वविद्यार्थीहरू एकआपसमा शुभकामना आदानप्रदान गर्दै उत्सवमय बनेका थिए। उत्कृष्ट नतिजाको खुसी साट्न विद्यालयले बाजागाजासहित बुटवल उपमहानगरपालिका वडा नम्बर १७, १८ र १९ क्षेत्रमा विशेष विजय ¥याली तथा परिक्रमा आयोजना गरेको थियो।

विद्यालयको सफलताले स्थानीय समुदायमा समेत उत्साह थपेको देखिन्थ्यो। सडकभर विद्यार्थीहरूको उल्लास, बाजागाजाको धुन र अभिभावकहरूको गर्विलो मुस्कानले बुटवलको वातावरण नै उत्सवमय बनेको थियो।

विद्यालयका प्रिन्सिपल कपिल मणि ढकाल ले यो सफलता विद्यार्थीहरूको निरन्तर मेहनत, शिक्षकहरूको समर्पण र अभिभावकहरूको विश्वासको परिणाम भएको बताउनुभयो। उहाँले भन्नुभयो,
“विद्यार्थी भाइबहिनीहरूको अथक मेहनत, शिक्षकहरूको जिम्मेवार भूमिका र अभिभावकको साथ सहयोगले आज हामीले यो गौरवपूर्ण उपलब्धि हासिल गरेका हौं। यो सफलता सम्पूर्ण एभरग्रीन परिवारको साझा उपलब्धि हो।”

उहाँले आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यालयलाई शैक्षिक उत्कृष्टताको केन्द्रका रूपमा स्थापित गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण तिवारी ले उत्कृष्ट नतिजा ल्याउने सम्पूर्ण विद्यार्थीलाई बधाई दिँदै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभयो। उहाँले अनुशासन, मेहनत र सकारात्मक सोचले जीवनमा ठूलो सफलता दिलाउने बताउँदै विद्यार्थीहरूलाई निरन्तर अगाडि बढ्न प्रेरणा दिनुभयो।

त्यस्तै भूपू विद्यार्थी संगठनका अध्यक्ष इन्द्र न्यौपाने ले विद्यालयको सफलताले सम्पूर्ण पूर्वविद्यार्थीहरूलाई समेत गर्व महसुस भएको बताउनुभयो। उहाँले विद्यार्थीहरूको मेहनतको प्रशंसा गर्दै भविष्यमा अझ उच्च सफलता हासिल गर्न हौसला प्रदान गर्नुभयो।

विद्यालयले विगतदेखि नै शैक्षिक गुणस्तर, अनुशासन तथा अतिरिक्त क्रियाकलापमा विशेष ध्यान दिँदै आएको छ। यसपटकको एसईई नतिजाले विद्यालयको शैक्षिक स्तरलाई थप पुष्टि गरेको स्थानीय अभिभावकहरूको भनाइ छ।

उत्कृष्ट नतिजासँगै एभरग्रीन स्कुल अहिले बुटवल क्षेत्रमा सफल शैक्षिक संस्थाका रूपमा चर्चामा रहेको छ। विद्यालयको यो उपलब्धिले विद्यार्थीहरूमा नयाँ उत्साह थप्नुका साथै आगामी पुस्तालाई पनि मेहनत र लगनशीलताबाट सफलता हासिल गर्न प्रेरित गरेको छ।

प्रकाशित मिति : शुक्रबार, जेष्ठ १ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij