अत्यावश्यकबाहेक नयाँ सामग्री खरिद नगर्न प्रधानमन्त्री कार्यालयको परिपत्र

अत्यावश्यकबाहेक नयाँ सामग्री खरिद नगर्न प्रधानमन्त्री कार्यालयको परिपत्र

काठमाण्डौ — प्रधानमन्त्री कार्यालयले अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न र सार्वजनिक खर्चमा मितव्ययीता अपनाउन निर्देशन दिएको छ । कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, निकाय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र प्रदेशहरुलाई परिपत्र गर्दै अत्यावश्यक बाहेकका सामान नकिन्न निर्देशन दिएको हो ।

]कार्यालयमा भइरहेका सामान, औजार, उपकरण, फर्निचर, गाडीलाई चालु अवस्थामा राखी प्रयोग गर्ने र सार्वजनिक खर्चलाई मितव्ययी बनाउन कार्यालयले भनेको छ ।

कतिपयले प्रयोगमा आइरहेका कुर्सी, दराज, सोफा, कार्पेट, पर्दा, गमला, कम्प्युटर, मोबाइल, ल्यापट लगायतका सामग्रीहरु प्रयोग नगरी नयाँ खरिद गर्न लगाउने र मर्मतमा अस्वाभाविक खर्च गरी राज्यकोषमा अत्यधिक भार सिर्जना गर्ने गरेको गुनासो आएपछि कार्यालयले खर्चमा मितव्ययिता अपनाउन निर्देशन दिएको हो ।

 

अन्तिम अपडेट: जेठ १, २०८

प्रकाशित मिति : शुक्रबार, जेष्ठ १ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij