बुटवल – सेन्चुरी समाज बुटवलले तेस्रो करिअर परामर्श तथा अन्तरक्रिया कार्यक्रम शनिबार गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) २०८२ मा उतीर्ण र कक्षा १२ का परीक्षार्थीहरुलाई लक्षित गरी कार्यक्रम गरिएको हो । विद्यार्थीहरुको आगामि शैक्षिक यात्रा र विभिन्न पेशामा रहेका व्यक्तिहरुको अनुभवबाट अगाडि बढ्ने उत्प्ररेणा जगाउने उदेश्यले कार्यक्रम गरिएको आयोजकले जनाएका छन् । कार्यक्रममको बुटवल उपमहानगरपालिकाका कार्यपालिका सदस्य बसन्ती विश्वकर्माको प्रमुख आतिथ्यतामा गरिएको थियो । उक्त अवसरमा बोल्दै कार्यपालिका सदस्य विश्वकर्माले विद्यार्थीको आगामि शैक्षिक जीवनलाई लक्षित गरी रचनात्मक कार्यक्रम गर्नु सकरात्मक रहेको बताईन । करिअर परामर्शमा चार्टड एकाउन्टेन्ट, दिपक सेन्चुरी, अध्यापक जिवन परियार, लुम्बिनी प्रादेशिक अस्पतालका स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.नविन तिरुवा, इञ्जिनियर प्रज्वल सुनार, सुनाई तथा बोली विषेशज्ञ ईन्द्र बहादुर सुनार, पत्रकार विनोद परियार पत्रकार, नर्स विमला बस्याल, बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक डा.बाबुराम नेपालीले आ आफ्नो क्षेत्रका बिशेषता र महत्व सहित आफ्नो अनुभव प्रस्तुत गरेका थिए । समाजका अध्यक्ष मानबहादुर सेन्चुरीको अध्यक्षता, उपाध्यक्ष सन्दिप सेन्चुरीको स्वागत तथा सचिव मिन सेन्चुरीको सञ्चालनमा भएको कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको समेत उपस्थिती रहेको थियो । कार्यक्रममा बुटवल उपमहानगरपालिका, उद्यमी कृषि सहकारी संस्था बुटवल सहित सृजनशील सहयात्री समाज बुटवल, परियार सेवा समाज रूपन्देही, हामी र हाम्रो समाज बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बुटवल, सहयात्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवल, र विश्व ज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकार्य गरेका थिए ।
प्रकाशित मिति : आइतबार, जेष्ठ ३ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्