रुपन्देही उद्योग संघको टोली लमजुङ र गोरखामा संस्थागत अवलोकन भ्रमण गरी फिर्ता

रुपन्देही उद्योग संघको टोली लमजुङ र गोरखामा संस्थागत अवलोकन भ्रमण गरी फिर्ता

बुटवल , रुपन्देही उद्योग संघको टोली लमजुङ, गोरखामा संस्थागत अवलोकन भ्रमण गरेर फर्केको छ । वैशाख ३० गते बुटवलबाट निस्केको टोलीले लमजुङ उद्योग वाणिज्य संघसँग संस्थागत रुपमा छलफल गरेको छ भने विभिन्न पर्यटकीय तथा धार्मिक क्षेत्रको अवलोकन गरेको छ ।

रुपन्देहीका उद्योगहरुबाट उत्पादन हुने धेरै सामान पुग्ने लमजुङ र गोरखामा उद्योगीहरु आफै पुगेर त्यहाँका व्यवसायी तथा उपभोक्तासँग छलफल तथा बजार क्षेत्रको अवलोकन गरेका हुन् । संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीको अध्यक्षता वरिष्ठ उपाध्यक्ष जीवकान्त काफ्लेको संयोजनमा निस्केको भ्रमण टोलीमा निवर्तमान अध्यक्ष दिलिप सापकोटा, सल्लाहकार हिरामणी भट्टराई, ऋषि भण्डारी, ज्ञानप्रसाद अर्याल, लालहरि पाण्डे,रामप्रसाद आचार्यसहित पदाधिकारी, सदस्यहरू तथा प्रमुख कार्यकारी अधिकृत यादव भण्डारी रहनुभएको थियो ।

रुपन्देही उद्योग संघको टोलीलाई लमजुङ उद्योग वाणिज्य संघले बेसीशहरमा न्यानो स्वागतसँगै सहयोग आदानप्रदान कार्यक्रमको आयोजना गरेको थियो । संघका अध्यक्ष भरतकुमार श्रेष्ठको अध्यक्षता तथा महासचिव विपिन श्रेष्ठको संचालनमा भएको कार्यक्रममा स्थानीय व्यवसायीहरुले सधै रुपन्देहीका उत्पादनहरु आफूहरुले बिक्री वितरण तथा उपभोग गरिरहेको समयमा उद्योगीहरुसँग प्रत्यक्ष साक्षात्कार गर्न पाएकोमा खुसी व्यक्त गर्नुभएको थियो । उहाँहरुले आफूहरुले समय मिलाएर रुपन्देहीका उद्योगहरुमा अवलोकनको समय मिलाउने जनाउनुभएको थियो ।

अध्यक्ष श्रेष्ठले आफ्नो क्षेत्रमा आउने वस्तुहरु रुपन्देही र बीरगन्ज भएर नै आउने भएकाले रुपन्देही र लमजुङको सम्बन्ध धेरै पुरानो भएको बताउनुभयो । पूर्वसचिव रविन श्रेष्ठले रुपन्देहीका उद्योगीहरुसँग सहकार्य गर्न पाएकोमा धेरै खुसी लागेको बताउनुभयो ।

कार्यक्रममा रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले संस्थाको इतिहास र कार्यक्रमबारे जानकारी दिँदै २०३५ सालमा स्थापना भएको संघले २०३२ सालमा स्थापना भएको लमजुङ उद्योग वाणिज्य संघसँग सहकार्य पाएको निकै खुसी रहेको बताउनुभयो । उहाँले लमजुङको टोलीलाई रुपन्देही भ्रमणको औपचारिक निम्ता दिँदै आगामी दिनमा निरन्तर सहकार्यलाई अघि बढाउने जनाउनुभयो ।

निवर्तमान अध्यक्ष दिलिप सापकोटाले आफ्नो क्षेत्रका उत्पादन खपत हुने क्षेत्रको अवलोलनका लागि आएको बताउनुभयो । बेशीशहरको कार्यक्रमपछि टोली पर्यटकीय क्षेत्र घलेगाउँ पुगेको थियो ।

घलेगाउँको अवलोकनपछि संघका सल्लाहकार ऋषि भण्डारीले रुपन्देहीसँग जोडिएका पहाडी क्षेत्रहरुमा पनि यसप्रकारको योजना अघि सार्न सकिने प्रशस्त संभावना रहेको बताउनुभयो । घलेगाउँको पर्यटकीय क्षेत्रलाई अवलोकन गरी अर्को दिन बिहान पुनः बेशीशहर फर्केको थियो । त्यहाँ बेशीशहर युथ सोसाइटीले आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रममा सोसाइटीका अध्यक्ष रविन श्रेष्ठले हरेक व्यवसायीले आफ्नो जिम्मेवारी सहित सामाजिक क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभएको थियो । उहाँले आफूले बालबालिकाको लागि गरिरहेको लगानीमा साथ दिन आग्रह गर्नुभयो ।

टोली सोसाइटीसँगको छलफलपछि गोरखा दरबारको अवलोकनसँगै कुरिनटारमा पुगेर अर्को दिन मनकामना दर्शन गरी रुपन्देही फर्केको थियो । संघका अनुसार भ्रमणले उद्योगी–व्यवसायीबीच अनुभव आदान–प्रदान, पर्यटन प्रवद्र्धन तथा संस्थागत सम्बन्ध विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको संघका महासचिव सुमन बस्यालले जानकारी दिनुभयो ।

संघको वार्षिक कार्यक्रम अनुसार अवलोकन भ्रमण तथा यसका उपलब्धीहरुका विषयमा छलफल हुँदै आएको कार्यकारी अधिकृत यादव भण्डारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : आइतबार, जेष्ठ ३ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij