सार्वजनिक सवारीको नयाँ दर्तामा सरकारले लगायो रोक

सार्वजनिक सवारीको नयाँ दर्तामा सरकारले लगायो रोक

file

काठमाडौं । सरकारले देशभर सार्वजनिक सवारी साधनको नयाँ दर्ता तत्कालका लागि रोक्ने निर्णय गरेको छ ।

यातायात व्यवस्था विभागले सातै प्रदेशका सम्बन्धित मन्त्रालय र देशभरिका स्थानीय तहलाई पत्राचार गर्दै अर्को सूचना जारी नभएसम्म सार्वजनिक सवारी साधनको नयाँ दर्ता नगर्न निर्देशन दिएको हो

विभागले सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसक्दा वायु प्रदूषण, ट्राफिक जाम र सवारी चाप अत्यधिक बढ्दै गएको उल्लेख गरेको छ । साथै इन्धनको मूल्यवृद्धिका कारण सार्वजनिक यातायात क्षेत्रमा थप असहजता र समस्या सिर्जना भएको भन्दै नयाँ दर्तामा रोक लगाइएको जनाएको छ

यातायात व्यवस्था विभागले ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ को दफा २४ को उपदफा (३) अनुसार सार्वजनिक हितका लागि सवारी दर्ता रोक्न सकिने कानुनी व्यवस्था रहेको उल्लेख गरेको छ ।

विभागद्वारा जारी पत्रमा वातावरण प्रदूषण, सडकको अवस्था, सवारी चाप तथा सार्वजनिक यातायात व्यवस्थापनलाई मध्यनजर गर्दै हाललाई सार्वजनिक सवारी साधन (विद्युतीय सार्वजनिक सवारी साधन समेत)को नयाँ दर्ता रोक्न आवश्यक देखिएको उल्लेख छ ।

यो निर्णय अर्को सूचना जारी नभएसम्म लागू रहने विभागले जनाएको छ ।

प्रकाशित मिति : शुक्रबार, जेष्ठ ८ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij