तिलोत्तमा , रुपन्देही जिल्ला लुम्बिनी सांस्कृतिक नगरपालिकाको क्षेत्रमा नक्कली नोटको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रारम्भिक अनुसन्धान गर्दा उक्त कार्यमा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले जेठ ०७ गते दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश सिद्धार्थनगर नौगढ निवासी ३८ वर्षीय अब्दुल हमिद र रुपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं। ११ मसीना निवासी २२ वर्षीय विक्की भन्ने अनिल पासी रहेका छन्। उनीहरूको साथबाट नक्कली नोट छाप्न प्रयोग गरिएको कम्प्युटर, प्रिन्टर, मोनिटर, मोबाइल, प्रिन्ट पेपर, कैंची लगायतका सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ। साथै सबै नोटमा एउटै नम्बर रहेको नेपाली रु। ५०० दरका नक्कली नोट ३० थान तथा रु। १००, ५०० र १००० दरका प्रिन्ट भई काट्न बाँकी अवस्थामा रहेका ७ थान नोट समेत बरामद गरिएको छ। घटनाबारे थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : शुक्रबार, जेष्ठ ८ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्