ज्येष्ठ र अपाङ्गता भएका नागरिकलाई विशेष व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशन

ज्येष्ठ र अपाङ्गता भएका नागरिकलाई विशेष व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशन

काठमाण्डौ – नेपाल राष्ट्र बैंकले ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिक र साक्षरता नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपमा बैंकिङ सुविधा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

राष्ट्र बैंकले क, ख र ग वर्गका संस्थालाई एकीकृत निर्देशन जारी गर्दै त्यस्ता ग्राहकलाई विशेष काउण्टरबाट सेवा प्रदान गर्न भनेको हो । इजाजतप्राप्त संस्थाले एकापसमा सहकार्य गरी हरेक पालिकामा कम्तीमा एक शाखा अपाङ्गमैत्री बनाउनुपर्ने र त्यस प्रकारका शाखाको विवरण आफ्नो वेबसाइटमा राख्नुपर्ने नयाँ व्यवस्था गरिएको छ ।

‘एटिएम लाउञ्ज’ भएका ठाउँमा ब्रेललिपि तथा ध्वनि सहयोगसहितको कम्तीमा एक अपाङ्गमैत्री एटिएम अनिवार्य राख्नुपर्नेछ । अपाङ्गता भएका व्यक्तिले एटिएम, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ स्वयं प्रयोग गर्न सक्ने स्वघोषणा गरेमा संस्थाले त्यो सेवा उपलब्ध गराउनुपर्नेछ ।

वेबसाइट र मोबाइल एप दृष्टिसम्बन्धी अपाङ्गता भएकाले समेत प्रयोग गर्न सक्ने गरी विकास गर्नुपर्ने र क्रेडिट तथा डेबिट कार्डमा दृष्टिविहीनमैत्री प्रविधि जडान हुनुपर्ने व्यवस्था गरिएको छ । यसैगरी, अतिरिक्त समयमा काम गराउँदा थप पारिश्रमिक दिनुपर्ने र कर्मचारीलाई कार्यालय समयबाहिर काम गर्न बाध्य पार्न नपाइने व्यवस्था पनि एकीकृत निर्देशनमा उल्लेख छ ।

प्रकाशित मिति : शनिबार, जेष्ठ ९ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij