काठमाडौँ , नेकपा (एमाले)ले पार्टीको सचिवालय बैठकको चौथो दिन आइतबार विभिन्न महत्त्वपूर्ण निर्णय सार्वजनिक गरेको छ।
बैठकले पार्टीका पदाधिकारीहरूको वरीयता पनि टुंग्याएको छ। वरीयतामा ओलीपछि उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, रघुजी पन्त, शंकर पोखरेल, लेखराज भट्ट र योगेश भट्टराई लगायतका नेताहरू छन्।
बैठकले गरेको वरीयता निर्धारणअनुसार महेश बस्नेत १९ औँ स्थानमा रहेका छन्।
एमालेले पार्टी संगठनलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन नयाँ व्यवस्था शुरु गरेको छ। अबदेखि पार्टी सदस्यता लिनका लागि अनलाइन फारम भर्ने व्यवस्था मिलाइएको छ।
साथै सम्पूर्ण सदस्यहरूलाई यथाशीघ्र आफ्नो सदस्यता नवीकरण गर्न पनि पार्टीले निर्देशन दिएको छ।
प्रकाशित मिति : सोमबार, जेष्ठ ११ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्