काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री बालेन्द्र शाह सम्भवतः एक हप्तामै संसदमा उपस्थित हुने बताउनुभएको छ ।
आफूले प्रधानमन्त्रीको सचिवालयमा कुरा पनि गरेको भन्दै बुर्लाकाेटीले सम्भवतः एक हप्ताभित्रै प्रधानमन्त्री संसदमा आउने कुरा सभामुखमार्फत सदनलाई जानकारी गराउन चाहेको बताउनुभयो ।
प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल कांग्रेस, एमाले र नेकपासहितका राजनीतिक दलहरूले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरिरहेका छन् ।
आजको बैठकमा पनि प्रतिपक्षी दलले बैठकमा अवरोध जनाएपछि बैठक स्थगित गरेर सभामुख डोलप्रसाद अर्यालले दलका सचेतकहरूसँग छलफल गर्नुभएको थियो । छलफलमा रास्वपाले सदनमा प्रधानमन्त्री आउने प्रतिबद्धता जनाए पनि पछि बैठकमा बोल्ने बेलामा मिति नतोकी एक हप्ताभित्र भनेको हो ।
विपक्षी दलले रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीको प्रतिबद्धताअनुसार रुलिङ गर्न माग गरेका छन् । एमालेले बैठकमा भएको सहमति सभामुखले कार्यान्वन नगरेको बताएकाे छ ।
विपक्षले भनाइ राखेपछि अहिले बैठक चलिरहेको छ ।
प्रकाशित मिति : मंगलबार, जेष्ठ १२ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्