लिपुलेक-लिम्पियाधुरा विवादमा बेलायतसँग पनि संवाद गर्छौं : प्रधानमन्त्री

लिपुलेक-लिम्पियाधुरा विवादमा बेलायतसँग पनि संवाद गर्छौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले लिपुलेक–लिम्पियाधुरा विवाद समाधानका लागि सरकारले भारतसँग मात्र नभई बेलायतसँग पनि संवाद गरिरहेको बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले उक्त विवाद ब्रिटिश इन्डियाको शासनकालसँग जोडिएको ऐतिहासिक विषय भएकाले बेलायत सरकारले समेत यसमा सरोकार राख्नुपर्ने सरकारको धारणा रहेको उनले बताए।

नेपालको भूमि समेटिएको लिपुलेक-लिम्पियाधुरा विवाद दीर्घकालीन ऐतिहासिक पृष्ठभूमिसँग सम्बन्धित रहेको उल्लेख गर्दै यसको समाधानका लागि कूटनीतिक पहललाई निरन्तरता दिइएको उनले जानकारी दिए

त्यसैगरी, उनले जेनजी आन्दोलनका विषयमा राष्ट्रिय मानवअधिकार आयोगले तयार पारेको प्रतिवेदन सरकारले अध्ययन गर्ने बताएका छन्। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले उक्त प्रतिवेदन मात्र नभई विभिन्न समयमा तयार पारिएका अध्ययन तथा छानबिन प्रतिवेदनहरूलाई समेत एकमुष्ट रूपमा अध्ययन गरी आवश्यक निर्णय र कारबाही प्रक्रिया अघि बढाइने बताए।

प्रधानमन्त्री शाहले सरकार तथ्य र प्रमाणका आधारमा निर्णय गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै राष्ट्रिय महत्वका विषय तथा विगतका घटनासम्बन्धी प्रतिवेदनहरूलाई गम्भीरतापूर्वक समीक्षा गरिने बताए।

प्रकाशित मिति : आइतबार, जेष्ठ १७ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij