काठमाडौं – विपक्षी दलको बैठकले विवादित अभिव्यक्तिबारे प्रधानमन्त्री बालेन शाहले सदनमा आएर जवाफ दिनुपर्ने माग गरेको छ।
बैठकबाट बाहिँरिदै रास्वपाका प्रमुख सचेतक खुस्बु ओलीले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे सदनमा आएर स्पष्टीकरण पार्नुपर्ने बताइन्।
उनले भनिन्, ‘प्रधानमन्त्रीज्यूले नेपालले भारतको सीमा मिचेको भन्नुभयो, त्यो अभिव्यक्ति एउटा सार्वभौम संसद्मा गएर प्रधानमन्त्रीज्यूले दिनु हुँदैनथ्यो। परराष्ट्र मन्त्रालयले त्यसलाई सच्याउँदै क्रस बोर्डर अकुपेन्सीको कुरा गरेको छ। क्रस बोर्डर अकुपेन्सी र प्रधानमन्त्रीले भन्नुभयो कुरा धेरै फरक कुरा हो। उहाँले बोलेका स्टेटमेन्टलाई त्यति सामान्य रूपले लिन मिल्दैन। त्यसैले प्रधानमन्त्रीले यो कुरालाई फेरि पनि संसद्मा आएर नेपाली जनताबीच यस विषयमा आफ्नो स्पष्ट धारणा राख्नुपर्छ।’
उनले प्रमाणित हुने हिसाबमा नेपालले भारतको सीमा नमिचेको बताइन्। १० गजाका छेउछाउमा हुने क्रस बोर्डर अकुपेन्सी भनेका ती फरक कुरा भएको जिकिर गरे।
बैठकपछि श्रम संस्कृति पार्टीका सांसद आरेन राईले पनि प्रधानमन्त्री शाहले अपरिपक्व अभिव्यक्ति दिएको बताए।
उनले भने, ‘उहाँले साह्रै कच्चा ढङ्गले जवाफ दिनुभयो । देशका सचेत नागरिकलाई चिन्तन गर्न बाध्य बनाएको छ । भारतको संसद्मा समेत नउठेको कुरा उहाँले बढी नै विद्वान भएर नेपालको सदनमा उहाँले उठाइदिनुभयो ।’
उनले छिमेकीहरूलाई नेपालको भूमि दाबी गर्नको लागि सहज बनाइदिएको बताए । उनले यो सामान्य विषय नभएकाले सदनमा आएर जवाफ दिनुपर्ने बताए ।
प्रकाशित मिति : सोमबार, जेष्ठ १८ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्