काठमाडौँ , राष्ट्रिय सभाको बुधबारको बैठक पनि कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको छ।
विपक्षी दलहरूले ‘नेपालले पनि भारतको सिमा मिचेको छ’ भन्ने प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति फिर्ता माग राख्दै विरोध गरेपछि बैठक अघि बढ्न नसकेको हो।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पटक पटक आ–आफ्नो आसनमा बस्न आग्रह गरेपनि सांसदहरूले नमानेपछि बैठक जेठ २६ दिउँसो सवा १ बजेसम्मका लागि स्थगित गरेका हुन् ।
राष्ट्रिय सभा बैठक सोमबार र मंगलबार पनि विपक्षीको अवरोधका कारण कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको थिया । प्रधानमन्त्री शाहले जेठ १७ गतेको प्रतिनिधि सभा बैठकमा सांसदहरूसँगको प्रश्नोत्तरमा सांसदका प्रश्नको जवाफ दिने वेलामा नेपालले पनि भारतको सिमा मिचेको बताएका थिए।
प्रकाशित मिति : बुधबार, जेष्ठ २० २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्