काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला अधिवेशन आजदेखि सुरु हुने भएका छन्।
रास्वपाले ७७ जिल्लामा तदर्थ समिति बनाइसकेको छ। पछिल्लोपटक तदर्थ समिति डोल्पामा गठन गरिएको थियो। तदर्थ समिति बनेपनि गण्डकीका दुई हिमाली जिल्ला मनाङ र मुस्ताङमा भने अधिवेशन नगरिने भएको छ। ती जिल्लामा वडा र पालिकाकोसमेत अधिवेशन गरिएको थिएन।
कुनै जिल्लामा ३० प्रतिशत पालिकाको अधिवेशन सकिए जिल्ला अधिवेशन गर्न सकिने गरी पार्टीले निर्णय लिएको थियो।
आज र भोलि जिल्ला अधिवेशन गरेर जेठ २६ देखि असार १ सम्म प्रदेश अधिवेशन गर्ने कार्यतालिका छ। रास्वपाको प्रथम महाधिवेशन भने असार ७ गतेदेखि ९ गतेसम्म चितवनमा हुनेछ।
प्रकाशित मिति : शनिबार, जेष्ठ २३ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्