पार्टीभित्र योगदानको हिसाब खोज्ने प्रवृत्ती चिन्ताजनक छ : सभापती लामिछाने

पार्टीभित्र योगदानको हिसाब खोज्ने प्रवृत्ती चिन्ताजनक छ : सभापती लामिछाने

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीभित्र योगदानको हिसाब–किताब खोज्ने र पदोन्नतिको अपेक्षा राख्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर नहुने बताउनुभएको छ ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै सभापती लामिछानेले पार्टी स्थापनाको चार वर्षमै यस्ता प्रवृत्तिले जरा गाड्न खोज्नु चिन्ताको विषय भएकोले समयमै सच्याउनुपर्ने बताउनुभएको छ । पार्टी केन्द्रीय महाधिवेशनको तयारीका क्रममा विशेषगरी मधेश लगायतका केही जिल्लामा देखिएको विवाद र नेतृत्वका लागि मरिहत्ते गर्ने प्रवृत्तिलाई लोकतान्त्रिक प्रक्रियाबाट न्यूनीकरण गर्नुपर्ने उहाँको भनाइ छ ।

आज पार्टी जहाँ पुगेको छ, त्यो केही व्यक्तिको मात्र होइन, मतदाताको विवेक र समस्त सदस्यहरूको समर्पणको परिणाम भएको लामिछानेले बताउनुभएको छ । उहाँले नेता–कार्यकर्तालाई ‘म’बाट ‘हामी’मा रूपान्तरण हुने बेला आएको सम्झाउँदै पार्टीलाई फराकिलो, समावेशी र सुदृढ बनाएर देशको नेतृत्व गर्न सक्षम राजनीतिक शक्ति बन्ने लक्ष्य रहेको स्पष्ट पार्नुभएको छ ।

 

प्रकाशित मिति : शनिबार, जेष्ठ २३ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij