आज २८ जिल्लामा रास्वपाको अधिवेशन : ३८ जिल्लामा सम्पन्न

आज २८ जिल्लामा रास्वपाको अधिवेशन : ३८ जिल्लामा सम्पन्न

काठमाण्डौ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज २८ वटा जिल्लामा पहिलो अधिवेशन गर्दैछ ।

कशी प्रदेशका चार, मधेसका चार, बागमतीका दुई, गण्डकीका चार, लुम्बिनीका तीन, कर्णालीका छ र सुदूरपश्चिमका पाँच जिल्लामा अधिवेशन हुन लागेको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो ।

पार्टीको निर्वाचन आयोगका अनुसार उदयपुर, सोलुखुम्बु, खोटाङ, इलाम, सिराहा, धनुषा, पर्सा, सर्लाही, चितवन, दोलखा, तनहुँ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), गोरखा, लमजुङ, अर्घाखाँची, रुपन्देही, प्युठान, सुर्खेत, जाजरकोट, दैलेख, रुकुम (पश्चिम), मुगु, जुम्ला, अछाम, डोटी, कैलाली, कञ्चनपुर र बाजुरामा अधिवेशन हुनेछ । हरेक जिल्लामा तीन सदस्यीय निर्वाचन समिति परिचालित भएका छन् ।

रास्वपाले हिजो ३८ जिल्लामा अधिवेशन सम्पन्न गरिसकेको छ । आयोगका अनुसार झापा, मोरङ, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, सङ्खुवासभा, ओखलढुङ्गा, सुनसरी, महोत्तरी, रौतहट, दोलखा, काठमाण्डौ, भक्तपुर, नुवाकोट, धादिङ, मकवानपुर, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक र सिन्धुलीमा अधिवेशन सम्पन्न भैसकेको हो । यसैगरी, स्याङ्जा, कास्की, पर्वत, बागलुङ, म्याग्दी, गुल्मी, नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, रोल्पा, कालिकोट, सल्यान, बैतडी, बझाङ र दार्चुलामा पनि अधिवेशन भई नयाँ नेतृत्व चयन भइसकेको छ ।

पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन अगावै ७७ मध्ये ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्ने रास्वपाको तयारी छ । अन्य १० जिल्लाको अधिवेशन राष्ट्रिय महाधिवेशनपछि हुनेछ । रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन आउँदो असार ७ देखि ९ गतेसम्म चितवनमा हुँदैछ

प्रकाशित मिति : आइतबार, जेष्ठ २४ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij