यशोधा फुड्सले भन्यो- ‘ब्याच नं. २०२६/०२/२३-०४ बाहेकका उत्पादन ढुक्क भएर खाँदा हुन्छ

यशोधा फुड्सले भन्यो- ‘ब्याच नं. २०२६/०२/२३-०४ बाहेकका उत्पादन ढुक्क भएर खाँदा हुन्छ

काठमाडौँ , यशोधा फुड्स प्रा।लिले निश्चित ब्याचबाहेक अन्य ब्याचका करेन्ट चाउचाउ खान योग्य रहेको जनाएको छ । एक सूचना जारी गर्दै कम्पनीले गुणस्तरहीन भेटिएको ब्याच बाहेक अन्य ब्याच खान योग्य रहेको जनाएको हो ।

कम्पनीले जारी गरेको सूचना अनुसार ‘करेन्ट हट एण्ड स्पाईसी’ १०० ग्रामको उत्पादन मिती तथा ब्याच नम्बर २०२६र०२र२३(०४ए को चाउचाउ बाहेक अन्य मितिमा उत्पादित ब्याच नम्बर ०४ए वा सो भन्दा फरक ब्याच नम्बर भएका उत्पादन खान मिल्ने जनाएको छ ।

यशोधा फुड्स प्रा।लिले निश्चित ब्याचबाहेक अन्य ब्याचका करेन्ट चाउचाउ खान योग्य रहेको जनाएको छ ।

‘खाद्य तथा गुण नियन्त्रण कार्यालयले जारी गरेको सूचना अनुसारको करेन्ट हट एण्ड स्पाईसी १०० ग्रामको उत्पादन मिति तथा ब्याच नम्बर २०२६र०२र२३(०४ए को चाउचाउ बाहेक अन्य मितिमा उत्पादित ब्याच नम्बर ०४ए वा सो भन्दा फरक ब्याच नम्बर भएका सम्पूर्ण उत्पादनहरु निर्वाध रुपमा उपभोग गर्न सकिन्छ ।’, कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ ।

त्यस्तै, कम्पनीले सो ब्याच बाहेकका अन्य उत्पादन ढुक्क भएर उपभोग तथा बिक्री वितरण गर्न पनि उपभोक्ता र बिक्रेता तथा अधिकृत बिक्रेतालाई आग्रह गरेको छ ।

प्रकाशित मिति : सोमबार, जेष्ठ २५ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij