आज पनि कार्यसूचीमा प्रवेश गरेन प्रतिनिधिसभा, अर्को बैठक भोलि बस्ने

आज पनि कार्यसूचीमा प्रवेश गरेन प्रतिनिधिसभा, अर्को बैठक भोलि बस्ने

काठमाडौँ , सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा बैठक बुधबार बस्नेगरी स्थगित गरेका छन्।

विपक्षी सांसदले विरोध जनाइरहेपछि सभामुख अर्यालले बैठक स्थगित भएको घोषणा गरे। अर्को बैठक बुधबार बिहान ११ बजे बस्नेगरी बोलाइएको छ।

‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्दै विपक्षी सांसदले बैठकमा निरन्तर अवरोध गरिरहेका छन्।

मंगलबारको बैठक शुरु हुनेवित्तिकै विपक्षी सांसदले उठेर विरोध जनाएका थिए। सभामुखले समय दिएपछि बोल्ने क्रममा विपक्षी सांसदले प्रधानमन्त्रीले अभिव्यक्ति फिर्ता लिई माफी माग्नुपर्ने अडान लिएका िथए।

पछि सभामुख अर्याल कार्यसूचीमा प्रवेश गर्न खोज्दा पनि विपक्षी सा‌सदले विरोध जनाइरहे। सभा सञ्चालनका लागि पटक(पटक आग्रह गर्दा पनि केही नलागेपछि अर्यालले बैठक स्थगित भएको घोषणा गरे।

 

प्रकाशित मिति : मंगलबार, जेष्ठ २६ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij