प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेशन’ सँग सम्बन्धित : परराष्ट्रमन्त्री

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेशन’ सँग सम्बन्धित : परराष्ट्रमन्त्री

काठमाण्डाै – परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सीमासम्बन्धी दिएको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेशन’ सँग सम्बन्धित रहेको स्पष्टीकरण दिनुभएको छ ।

प्रतिनिधिसभाको आजकाे बैठकमा मन्त्री खनालले नेपाल–भारत सीमाका विभिन्न ठाउँमा ‘क्रस बोर्डर अकुपेशन’ (सीमापार उपयोग–उपभोग) सम्बन्धी धेरै ठाउँमा विवाद रहेको बताउनुभयो । उहाँले सरकारले सीमा क्षेत्रको यथार्थ अवस्था पहिचान गर्न नेपाल र भारतका संयन्त्रमार्फत म्यापिङको काम गरिरहेको जानकारी दिनुभयो । सीमासम्बन्धी विस्तृत विवरण नक्साङ्कन सम्पन्न भएपछि सार्वजनिक हुने उहाँकाे भनाइ छ ।

मन्त्री खनालले सीमा क्षेत्रमा दुवै पक्षले आ–आफ्नो उपभोगमा रहेको भूभागमाथि दाबी गर्दै आएको बताउँदै प्रधानमन्त्रीले संसदमा व्यक्त गरेको भनाइ पनि यही प्राविधिक यथार्थ र ‘क्रस बोर्डर अकुपेशन’ को सन्दर्भसँग सम्बन्धित रहेको दोहोर्‍याउनु भयो ।

परराष्ट्रमन्त्री खनालले सीमा विवादको मूल प्रश्न यसको समाधान कसरी गर्ने भन्ने रहेको उल्लेख गर्दै नेपाल–भारत सीमा विषय द्विपक्षीय मुद्दा भएकाले ऐतिहासिक सन्धि–सम्झौता, नक्सा तथा स्थापित आधारका आधारमा कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोज्न नेपाल प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रकाशित मिति : बुधबार, जेष्ठ २७ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij