इप्पानको नयाँ नेतृत्व चयन,मोहन डाँगी स्वतः अध्यक्षमा चयन

इप्पानको नयाँ नेतृत्व चयन,मोहन डाँगी स्वतः अध्यक्षमा चयन

काठमाण्डौ — स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल इप्पान को २४औँ वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति चयन भएको छ । इप्पानको विधानमा भएको व्यवस्थाअनुसार निवर्तमान वरिष्ठ उपाध्यक्ष मोहन डाँगी स्वतः अध्यक्षमा चयन हुनुभएको छ ।

वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन लामा तथा सात जना उपाध्यक्षहरूमा हिमप्रसाद पाठक, सुसन कर्माचार्य, विक्रम न्यौपाने, नरेन्द्र बल्लभ पन्त, बलराम खतिवडा, प्रकाश दुलाल र उत्तर कुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

महासचिवमा टेकनाथ आचार्य, उपमहासचिवमा कविता पोखरेल तथा सचिवमा सविना सुसन कुमारी जोशी, विजय मोहन भट्टराई, कुवेरमणि नेपाल, ईशा श्रेष्ठ र अभिज्ञा मल्ल निर्वाचित भएका छन् । कृष्ण घिमिरे र दीपक पौडेललाई सचिव पदमा नियुक्त गरिएको छ । धेरै पदमा निर्विरोध निर्वाचित भए पनि कोषाध्यक्ष पदका लागि भने चुनाव भएको थियो । कोषाध्यक्षमा शंकर बस्याल निर्वाचित हुनुभएको छ ।

यस्तै महिला सदस्यतर्फ ज्योति गैरे, संगीता धमला र प्रतिमा ज्ञवाली निर्विरोध निर्वाचित भएका छन्। खुला सदस्यतर्फ भरत मणि छत्कुली, भरत खड्का, नारायण पौडेल, जगत बहादुर पोखरेल, जगदीश शिवाकोटी, पदम केसी, मिलन खड्का, वर्णन लामिछाने र अनुप आचार्य निर्वाचित भएका छन् भने बाबुराम थापा, सुकुन्द ओझा, सन्तोषराज नेपाल, इन्दिरा पन्त र सोमनाथ कँडेललाई सदस्यमा नियुक्त गरिएको छ ।

प्रकाशित मिति : शनिबार, जेष्ठ ३० २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij