काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरणको रिटमा कारण देखाउ आदेश जारी भएको छ ।
सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले पौडेललाई पक्राउ गर्नुको कारण पेश गर्न आदेस दिएको हो ।
बुधबार सर्वोच्च अदालतमा पौडेलकी पत्नीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । रिटमा विशेष अदालत, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, सम्पत्ति शुद्धीकरण विभाग, जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई विपक्षी बनाइएको थियो ।
पौडेललाई विशेष अदालतले मंगलबार ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । पौडेललाई सम्पत्ति शुद्धिकरण मुद्धामा सोमबार सुर्खेतबाट पक्राउ गरेको थियो ।
प्रकाशित मिति : बिहिबार, असार ११ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्