राष्ट्रियसभाको बैठक आज बस्दै, परराष्ट्र र पर्यटनमन्त्रीसँग सांसदका प्रश्न

राष्ट्रियसभाको बैठक आज बस्दै, परराष्ट्र र पर्यटनमन्त्रीसँग सांसदका प्रश्न

 

काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १:१५ बजे सिंहदरबारस्थित संघीय संसद भवनमा सुरु हुने कार्यसूची रहेको छ

आजको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनाल तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आफ्ना मन्त्रालयसँग सम्बन्धित सांसदहरूले उठाएका मौखिक प्रश्नको जवाफ दिनेछन् ।

यस्तै, राष्ट्रियसभा सदस्य रेनु चन्दले ‘प्रविधिको प्रयोगबाट हुने लैङ्गिक हिंसा रोकथाम, नियन्त्रण, महिलाको हकको संरक्षण तथा न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत, कानुनी र संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्ने सम्बन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यसका साथै, राष्ट्रियसभा अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको व्यहोरा सभालाई जानकारी गराउने कार्यक्रम पनि तय गरिएको छ ।

प्रकाशित मिति : बुधबार, असार १७ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij